logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य बनाउनुपर्ने निर्वाचन आयोगको निर्णय

    प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य बनाउनुपर्ने निर्वाचन आयोगको निर्णय

    2.4K
    Shares
    प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य बनाउनुपर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ ।

    सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पास गरेको मस्यौदामा राजनीतिक दलले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार अनिर्वाय रुपमा बनाउनुपर्ने उल्लेख गरिएको छ ।

    स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कुनै एउटा मात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने पनि आयोगले निर्णय गरेको छ ।

    वडाअध्यक्ष पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहमा मनोनयन गर्ने सम्पूर्ण वडाध्यक्षमध्ये कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने आयोगले विद्येयकमा प्रस्ताव गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend