गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ को ढाबेमा निर्माणाधीन धन्सार भत्किँदा एक जनाको ज्यान गएको छ ।
धन्सार बनाउँदै गर्दा भत्केर ४१ वर्षीय मिना बरामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जनाकारी दिए ।
धन्सार भत्किँदा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६५ वर्षीय रामकृष्ण बरामलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । स्थानीय जङ्ग बहादुर बराम र सुजन बराम सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।