logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कडा कारबाही गर्नु पर्छः सांसद देवकोटा

    राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कडा कारबाही गर्नु पर्छः सांसद देवकोटा

    917
    Shares
    राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कडा कारबाही गर्नु पर्छः सांसद देवकोटा

    काठमाडौं । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

    मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो माग गरेकी हुन् ।

    सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामाकरण नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

    सांसद देवकाटाले भनिन्, ‘राष्ट्रिय गौरवका आयोजनाहरु अत्यन्तै भ्रष्टाचारले युक्त छन । चरम बेथितिमा छन । नेपाल विकासका आधारशीलाको रुपमा रहेको यी आयोजनाहरु समयमै सम्पन्न गर्न सक्ने हो भने कोशेढुंगा सावित हुनछ । तर यी आयोजनाहरु हामीले सम्पन्न गर्न सकिरहेका छैनौं । राष्ट्रिय गौरवका आयोजनाहरु भन्ने तर समयमा सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाको नामाकरण नगरौं भन्ने म निवेदन गर्न चाहन्छु । त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्र्नेलाई पुरस्कार र नसक्नेलाई दण्डको व्यवस्था गर्न सक्यौं भने निश्चय नै समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्दछ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ भन्ने मलाई लाग्दछ ।’

    सांसद देवकाटाले निर्माणाधिन सडक आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend