logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • साना तथा घरेलु उद्योगलाई प्यानमा समेट्न राजस्वमा थप अनुदान दिनुपर्छ: भगवती चौधरी

    साना तथा घरेलु उद्योगलाई प्यानमा समेट्न राजस्वमा थप अनुदान दिनुपर्छ: भगवती चौधरी

    924
    Shares
    साना तथा घरेलु उद्योगलाई प्यानमा समेट्न राजस्वमा थप अनुदान दिनुपर्छ: भगवती चौधरी

    काठमाडौं । नेकपा एमालेकी सांसद भगवती चौधरीले सरकारले साना तथा घरेलु उद्योगले सरकारलाई ५ हजार राजश्वमा थप ५ हजार अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै उनले साना तथा घरेलु उद्योगलाई पनि प्यानको दायरामा ल्याएर थप प्रोत्साहन दिन नीति राज्यले अवलम्वन गर्न आवश्यक रहेको बताइन् ।

    उनले भनिन्, ‘ सरकारले ५ हजार मूल्यअभिवृद्धि कर तिर्ने साना तथा घरेलु उद्योगलाई ५ हजार थप गरेर दिन आवश्यक छ । साना तथा घरेलु उद्योगहरुलाई प्यानमा दर्ता गर्न प्रोत्साहन मिल्छ । ठूला उद्योगहरुलाई बिस्तारै दायरा बढाउनु पर्छ । ठूला उद्योगलाई सरकारले बढी छुट दिन्छ । तर सानालाई करको दायरामा पनि आएको छैन सरकारबाट प्रोत्साहन पनि पाउँदैन । राज्यले नियमन गर्न सकेको छैन । सरकारले अनुदान सही ठाउँमा कार्यान्यन भएको छ वा छैन भनेर अनुगमन गर्न सक्नुपर्छ ।’

    उनले सरकारले कृषि तथा साना तथा घरेलु उद्योगलाई दिएको अनुदान वास्तविक उद्योगी र व्यवसायीहरुले पाए/नपाएकोबारे अनुगमन चुस्त बनाउन आवश्यक रहेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend