logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छः सभामुख घिमिरे

    नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छः सभामुख घिमिरे

    882
    Shares
    नेपाली समाजलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छः सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भुमिका खेल्ने बताएका छन् ।

    बुधवार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका हुन् ।

    उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए । उनले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।

    उनले भने– ‘पत्रकारितासँग सम्बन्धित तपाईहरुको जिम्मेवारी भएपनि संसद परिवारभित्रकै एउटा महत्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाको रुपबाट तपाईहरु हुनुहुन्छ । यसलाई निर्वाचन गराउनेसम्म आइपुग्दाखेरी धेरै साथीहरुको अनुभवहरु छन् । हिजो पत्रकारिताले नेपाली समाजलाई अगाडी बढाउनको लागि मेरो बुझाइमा धेरै महत्वपूर्ण भुमिका निर्वाह गथ्र्यो । अब अहिले निर्दिष्ट उद्देश्य प्राप्ति गर्नको लागि कमजोरीहरुलाई फालेर हामीले यसलाई सबल बनाउनको लागि जनताको हीतमा, राष्ट्रको हीतमा संसदलाई कसरी लाने भन्नेकुरा सञ्चार क्षेत्रबाट यसले खुड्किलो थप्ने छ । अरु गति दिने छ । र प्रभाव दिनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँ भएका समस्याहरु कमी, कमजोरीहरु हाम्रो आफुभित्रका कुराहरु हुन् । हाम्रो क्षमता, योग्यताले भ्याएसम्म यसको व्यवस्थापन गर्दै जाने कुरामा जो–जो जहाँ–जहाँ भएपनि त्यो भुमिका निर्वाह हुने कुराको विश्वास दिलाउँछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend