logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • समाज जागरुक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ : सभामुख घिमिरे

    समाज जागरुक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ : सभामुख घिमिरे

    1.1K
    Shares
    समाज जागरुक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ :  सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली पत्रकारिताले समाजलाई जागरुक र रुपान्तरण गर्दै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

    ‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन लाग्नुपर्ने धारणा राखे ।

    ‘संसदलाई राष्ट्रहितमा लैजान सञ्चारक्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ’, उनले भने ।

    ‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसद्को परिवार पनि भएको भन्दै उनले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गरे ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्का गतिविधिलाई सिधैँ जनता समक्ष पुर्‍याउने काममा संलग्न समाजका पदाधिकारी संसद्का ऐनाकारुपमा रहेको बताए ।

    ‘संसद् होस वा समाजका समाचार बिना कुनै आग्रह र पूर्वाग्रहमा सम्प्रेषण हुनुपर्छ, समाजमा देखिएका कमी कमजोरीलाई उजागर गर्नुपर्छ’, उनले भने, ‘समाजलाई संसद्को सबैखाले सहयोग उपलब्ध हुनेछ ।’

    देशको विकास, समृद्धि गर्दै सुशासन कायम गर्नमा सबैको दायित्व भएको उनको भनाइ छ । उनले स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचनको अभ्यास आजको आवश्यकता भएको धारणा राखे ।

    संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले समाजले उठाउँदै आएको ‘लवी रिपोटिङ’का लागि गृहकार्य भइरहेको तथा संसद् र ससदीय गतिविधिका सुधारका लागि हुने आलोचनात्मक टिप्पणीलाई स्वागत गरिने बताए ।
    समाजको आठौँ अधिवेशन निर्वाचत समितिका संयोजक टङ्क पन्तले प्रतिस्पर्धाकाबीच एकताको भावनाले स्वच्छ निर्वाचन भई नेतृत्व हस्तान्तरण भएको बताए ।

    समाजका निवर्तमान अध्यक्ष सञ्जीव बगाले र नवनिर्वाचित अध्यक्ष मनोज सत्यालले अघिल्लो कार्यसमितिबाट भएका असल अभ्यासलाई ग्रहण गर्दै अनुसन्धान र समाजलाई समावेशी तुल्याउने कार्यमा ध्यान पु¥याउने प्रतिबद्धता जनाए। ससदीय गतिविधिसम्बन्धी समाचारलाई मुख्य ‘विट’ बनाएर काम गर्ने पत्रकारको साझा संस्थाकारुपमा मामिला रही आएको छ ।

    दैनिक रिपोटिङका सन्दर्भमा आइपर्ने समस्या समाधानका लागि समाजले सचिवालयसँग सम्पर्क र समन्वय गर्दै आएको छ । यही असार १६ गते सम्पन्न निर्वाचनबाट पत्रकार सत्यालको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो । समाजमा हाल एक सय ४५ सदस्य रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend