माघ १० काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितलाई ख्याल गर्दै एमसीसीलाई परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। नवलपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको उनले बताए । यो विषयमा पछिल्लोपटक अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण पनि आएको छ। त्यसलाई पनि विचार गरेर, नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हामी निर्णय गर्छौँ’ उनले भने।
एमसीसीबारे सोसियल मिडियामा भए, नभएका सबै खाले समाचार आउने गरेकाले भ्रममा नपर्न आग्रह गरे।