काठमाडौँ । बालुवाटारमा सत्तारुढ सात दलको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक बसिरहेको हो ।
बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको सहभागिता छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि दिएको अभिव्यक्तिलाई लिएर राजीनामा मागेर सदन अवरुद्ध गरेको छ ।