logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रिय सभा बैठकमा एमालेले आज पनि माग्यो प्रधानमन्त्री राजीनामा

    राष्ट्रिय सभा बैठकमा एमालेले आज पनि माग्यो प्रधानमन्त्री राजीनामा

    1.2K
    Shares
    राष्ट्रिय सभा बैठकमा एमालेले आज पनि माग्यो प्रधानमन्त्री राजीनामा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।

    प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।

    प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत जानुभएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए ।

    उनले भने– ‘हिजोपनि हामीले आफ्नो पार्टीको आधिकारिक धारणा यस्तो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहनको निम्ति यो खालको आचारण नगर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा(एमाले)को संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ । आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ । हामी बाध्य छौँ । देशको सार्वभौमिकता, देशको स्वाधिनता र स्वाधिन राष्ट्रलाई आँच आउनेगरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो नेकपा(एमाले)को निम्ति सह्य हुँदैन । आम नागरिकको लागि सह्य हुँदैन । सबैभन्दा ठुलो देश हो । देश भन्दा ठुलो केही पनि हुन सक्दैन । हामी विनियोजन शिर्षकमा भएका जतिपनि कुराहरु छन् हामी सहभागि भएर कार्यक्रम बढेको थियो । देशको अनुकुल हुनेगरी बोल्नुपर्नेमा देशको अहीत हुनेगरी, सार्वभौमसत्ताको अपमान हुनेगरी, स्वाधिन राष्ट्रको अपमान हुनेगरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ ? कसबाट परिचालित हुनुहुन्छ ? को बाट निर्देशित भएर चल्नुभएको छ ? यो हामीलाई दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’

    राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपरान्ह १२ः२९ मा बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend