logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पार्टी गतिविधि शिथिल भएको भन्दै काँग्रेस जिल्ला सभापतिहरुले गराए ध्यानाकर्षण

    पार्टी गतिविधि शिथिल भएको भन्दै काँग्रेस जिल्ला सभापतिहरुले गराए ध्यानाकर्षण

    1.2K
    Shares
    पार्टी गतिविधि शिथिल भएको भन्दै काँग्रेस जिल्ला सभापतिहरुले गराए ध्यानाकर्षण

    काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    उनले सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अफ्ठ्याराहरुको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफुहरुको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।

    उनले भने– ‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरुले मन्त्रीलाई परेका अफ्ठ्याराका बारेमा राख्नुभएको छ । मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरुले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ । सँगसँगै पार्टी सभापतिहरुले पार्टीका कार्यक्रमहरुमा केही शिथिलताहरु हुन थाले । केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् । गहिरो ढंगबाट यसलाई छलफल गरोस् । विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरुको धारणा छ ।’

    जिल्ला सभापतिहरुको बैठकमा क्रियाशील सदस्यता र काँग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेण्डा रहेको छ । त्यस्तै, पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेण्डा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend