काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ बमोजिम नै नतिजा सार्वजनिक गरेको हो। २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन भएको थियो ।
संशोधनअनुसार यसपटक साविककै प्रावधानबमोजिम नतिजा सार्वजनिक निकालिएको हो । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा ल्याइने भएको छ ।