शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एसइई परीक्षाफल: २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या उच्च

एसइई परीक्षाफल: २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या उच्च

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहीबार प्रकाशित गरिएको छ ।

परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउने परीक्षार्थी २२ हजार ४७५ रहेका छन् । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउने ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउने ८९ हजार ३३१ जना विद्यार्थी रहेका छन् ।

सबैभन्दा बढी २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ रहेको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend