बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

विश्वकप छनोट खेलेर नेपाली टोली स्वदेश फिर्ता

विश्वकप छनोट खेलेर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।
नेपाली टोली आज शुक्रवार स्वदेश आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

छनोटको आठौँ स्थानमा रहेको नेपालले समूह चरणमा अमेरिकालाई पराजित गर्दा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग हारेको थियो । यस्तै, नेपालले प्लेअफमा यूएईलाई हराएको थियो भने आयरल्यान्डसँग पराजित भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend