logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • बारुद कारखाना विष्फोटमा छ जना हताहत

    बारुद कारखाना विष्फोटमा छ जना हताहत

    1.5K
    Shares
    बारुद कारखाना विष्फोटमा छ जना हताहत

    एजेन्सी । मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् ।

    रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट बिहीबार अबेर भएको आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत जनाएको छ ।

    एक सय १२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो ।

    भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend