डोटी । डोटीमा घर भत्किएर एक महिलाको ज्यान गएको छ ।
गएराति दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर त्यसमा च्याकिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार कोठा रहेको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।
घटनाबारे खबर भएसँगै राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले बिहान ५ बजे मलासीको शव भत्किएको घरमा च्याकिएको शव निकालेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।