logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • आप्रवासी मुद्दालाई लिएर नेदरल्यान्ड्समा गठबन्धन सरकार ढल्यो, प्रधानमन्त्रीले दिए राजीनामा

    आप्रवासी मुद्दालाई लिएर नेदरल्यान्ड्समा गठबन्धन सरकार ढल्यो, प्रधानमन्त्रीले दिए राजीनामा

    917
    Shares
    आप्रवासी मुद्दालाई लिएर नेदरल्यान्ड्समा गठबन्धन सरकार ढल्यो, प्रधानमन्त्रीले दिए राजीनामा

    एजेन्सी। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएका छन् । तीन दिनसम्म लगातार चलेको वार्तापछि पनि सरकारका चार गठबन्धन साझेदार आप्रवासीको सङ्ख्या रोक्न चाल्ने कदमबारे सहमति जुट्न सकेन् ।

    प्रधानमन्त्री मार्क रुटेले आप्रवासी नीतिमा सहमति जुटाउन नसक्दा नेदरल्यान्ड्स सरकार ढलेको बताएका छन् । उनले आगामी निर्वाचनसम्म गठबन्धनले कामचलाउ सरकार चलाउने जानकारी दिए ।

    मार्क रुटेको नेतृत्वमा डेढ वर्षअघि सरकार बनेको थियो । तर आप्रवासी नीतिको विषयमा गठबन्धनका साझेदारहरूबीच विमति देखिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुनसक्छ ।

    मार्क रुटेको भीभीडी पार्टी नेदरल्याण्डमा शरण खोज्नेहरूको संख्या सीमित गर्न चाहन्छ। तर, गठबन्धनका अन्य दलले उनको योजनाको समर्थन गर्दैनन् ।

    गत वर्ष नेदरल्याण्डमा ४७ हजार मानिसले आप्रवासनका लागि आवेदन दिएका थिए । यो वर्ष ७० हजारसम्म आवेदन आउन सक्ने सरकारको आकलन छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend