बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

दुई वटा ट्रक ठोक्किँदा मकवानपुरमा ३ जनाको मृत्यु, ट्रक जलेर नष्ट

दुई वटा ट्रक ठोक्किँदा मकवानपुरमा ३ जनाको मृत्यु, ट्रक जलेर नष्ट

हेटौडा । मकवानपुरमा दुईवटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मनहरीमा ना ६ ख ६६६७ र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो । ती ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बा, सोही गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र मनहरी गाउँपालिका ३ का अमृत प्रजाको मृत्यु भएको जनाएको छ ।

अन्य दुई जना गम्भिर घाइते भएका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ६ नयाँ बस्तीमा ती दुईवटा ट्रक एक आपासमा ठोक्किए लगत्तै आगलागी सुरु भएको जानकारी दिए ।

एउटा नारायणगढतर्फ र अर्को हेटौडातर्फ गईरहेको बेला मध्यरातमा ती दुई ट्रक एक आपसमा ठोक्किन पुगेका प्रनाउ कार्कीले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend