सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

केन्द्रको परिपत्रले एनआरएनए युकेको अधिवेशन अनिश्चत

केन्द्रको परिपत्रले एनआरएनए युकेको अधिवेशन अनिश्चत

बेलायत । केन्द्रको परिपत्रले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अधिवेशन अन्योलता छाएको छ । यही जुलाई २२ मा हुने बताएको अधिवेशन अन्योलतामा परेको पदाधिकारीहरूले जनाएका छन् ।

सङ्घको १० औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट विभाजनमा पुगेको एनआरएनएमा गत १८ जुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा एक हुने समझदारी जुटेको थियो ।

फलस्वरुप विभाजित राष्ट्रिय समन्वय समितिलाई सहमतिमा ल्याएर मात्रै अधिवेशन गर्न गैर आवासीय नेपाली सङ्घका दुवै महासचिव गौरीराज जोशी र डा. केशव पौडेलले राष्ट्रिय समन्वय परिषद्हरूलाई निर्देशन जारी गरेका छन् । उक्त निर्देशिकाले यही २२ जुलाईमा हुने भनिएको सुनिनबाबु खड्का नेतृत्वको एनआरएन युकेको अधिवेशन अनिश्चित भएको हो ।

एनआरएन युकेका निर्वाचित अध्यक्ष प्रेम गाहामगरले समेत यही जुलाई २२ मै अधिवेशन गर्ने गरी निःशुल्क सदस्य दिइरहेका छन् ।

बेलायतमा अहिले स्पष्ट दुई समानान्तर समिति सक्रिय छन् । तर एनआरएनए केन्द्री नेतृत्वका पदाधिकारीहरू बेलायतमै हुँदा पनि मिलाउने कुनै पहल नगरेको भनी सङ्घ बेलायतकै पदाधिकारीले असन्तुष्टी व्यक्त गरेका छन् ।

केन्द्रमा सहमति भएको करिब तीन साता वित्दासमेत बेलायतका दुवै समूहमा कुनै सहमति भएको छैन । भिन्दाभिन्दै निर्वाचन समिति बनाई उनीहरुले अधिवेशनको तयारी गरिरहेका छन् । जसले दुवै समितिको निर्वाचन अन्योलपूर्ण भएको हो ।

दुई वर्षअघिको अधिवेशनमा झण्डै १२ हजारले केन्द्रको एमआईएस प्रणालीमार्फत पञ्जीकृत सदस्यता लिएका थिए । हाल मात्र ४ हजार जनाले सदस्यता लिएका छन् । यस्तो अवस्थामा केन्द्रको निर्देशन बमोजिम दुवै पक्ष मिलेर चुनावमा जानुपर्ने बेलायतवासी आम गैर आवासीय नेपालीले चाहना व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend