logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एमालेले सदन अवरुद्ध गर्नेमा विश्व रेकर्ड नै बनाइ सक्यो: लेखनाथ दाहाल

    एमालेले सदन अवरुद्ध गर्नेमा विश्व रेकर्ड नै बनाइ सक्यो: लेखनाथ दाहाल

    1.3K
    Shares
    एमालेले सदन अवरुद्ध गर्नेमा विश्व रेकर्ड नै बनाइ सक्यो: लेखनाथ दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।

    आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन् ।

    उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद अवरोध गर्ने पार्टीको रुपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए ।

    उनले संसद अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र वहसको थलोको रुपमा स्थापिन गराउनुपर्नेमा जोड दिए । उनले अवरुद्ध संसद खुलाउने नाममा सरकारले भ्रष्टाचार बिरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताए ।

    उनले भने– ‘भ्रष्टाचार बिरोधी अभियान निरन्तर जारी छ । भर्खरै पनि पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जि जारी भएको छ । स्वभावैले कमजोरीका प्रकृतिका आधारमा, अपराधको प्रकृतिका आधारमा अपराधिहरुलाई दण्डित गर्ने कुरा, अनुसन्धानको दायरामा ल्याउने कुरामा सरकारले कुनैपनि हालतमा सम्झौता गर्दैन । यो सम्झौता गर्ने विषय नै होइन । मुलुक र जनतालाई केन्द्रमा राखेर, सुशासन प्रदान गर्ने, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने मुलभुत सरकारको उद्देश्य छ । सरकारको उद्देश्यसँग त कहीँ सम्झौता गरिँदैन । विधायकि थलोलाई वहसको थलो बनाउनुपर्ने अवरोधको थलो बनाउने संस्कार बसेको छ । मलाई लाग्छ नेकपा(एमाले)ले त नेपालको सन्दर्भमा त सबभन्दा धेरै सदन अवरुद्ध गर्ने पार्टी भनेर स्थापित छँदैछ । मलाई लाग्छ विश्व रेकर्ड नै कायम गर्लाजस्तो साना साना विषयमा पनि सदन अवरुद्ध गर्ने जुन संस्कारजस्तो बनेको छ । यसलाई अन्त्य गर्नुपर्छ । यो वहसको थलो हो । नीति निर्माणको थलो हो । अवरोधको थलो होइन भनेर हामीले स्थापित गर्नुपर्नेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend