काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक भोलि (मंगलबार) का लागि सरेको छ ।
राष्ट्रिय सभा अध्यक्षको सचिवालयले सोमबार ११ःबजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ः०१ मा बस्ने गरी समय परिवर्तन भएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध पार्दै आएको छ ।
हिजो (आइतबार) सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेर सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।