logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कोशी र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

    कोशी र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

    945
    Shares
    कोशी र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ ।

    यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    रातिको समयमा पनि कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend