दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शनिवार (हिजो) बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएको पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।
पहिरोमा परि उनको घटनास्थलै निधन भएको थियो ।