बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

चन्द्रमासअनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु

चन्द्रमासअनुसार पशुपतिमा साउने सोमवारको व्रत शुरु

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ । सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो ।

चान्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ । सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ । साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend