logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • पृथ्वी राजमार्ग विस्तार गर्न पोखरा महानगरले भत्काउन थाल्यो अतिक्रमित संरचना

    पृथ्वी राजमार्ग विस्तार गर्न पोखरा महानगरले भत्काउन थाल्यो अतिक्रमित संरचना

    1.9K
    Shares
    पृथ्वी राजमार्ग विस्तार गर्न पोखरा महानगरले भत्काउन थाल्यो अतिक्रमित संरचना

    पोखरा । पोखरा महानगरले पृथ्वी राजमार्गअन्तर्गत पर्ने पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको मापदण्डभित्र परेका भौतिक संरचना हटाउन थालेको छ ।

    पोखरा महानगरपालिकाले राजमार्गको दाँयाबाँया पर्ने २३ मिटर भित्रमा डोजर चलाए आज (सोमबार) देखि ती संरचना हटाउन भत्काउन थालिएको हो ।

    महानगरका मेयर धनराज आचार्यले एक महिना अघि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको जानकारी दिए । उनकाअनुसार स्थायी–अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।

    मेयर आचार्यले अगाडि भने, ‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’

    एसियाली विकास बैंक (एडीबी) को सहायतामा उक्त राजमार्गलाई विस्तार गरी ४ लेनको बनाउन लागिएको हो ।
    विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जासम्बन्धी विषयमा सहमति हुन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend