बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

४० तोला सुनसहित विमानस्थलबाट एक जना पक्राउ

४० तोला सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । कतारबाट आएका सुर्खेतका कृष्णबहादुर चौधरी लाई ४० तोला सुनसहित पक्राउ गरिएको छ ।

कतार एयरको ६५२ नम्बरको उडानबाट आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका चौधरीको साथबाट भन्सार कार्यालयका कर्मचारीले ४० तोला सुन भेट्टाएका थिए ।

लगत्तै भन्सार कार्यालयका अधिकारीले प्रहरीलाई जनाकारी दिएका थिए । भन्सार जाँचका क्रममा चौधरी सुनसहित पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।

उनले लुकाएर सुनका चार वटा विस्कुट ल्याएका थिए। बरामद गरिएको सुन चौधरीकै हो वा उनी भरियामात्र हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend