बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जापानमा बस्ने बलेयालीहरुको डाटा संकलन गरीदै

जापानमा बस्ने बलेयालीहरुको डाटा संकलन गरीदै

 टोकियो । बिभिन्न शिलशिलामा जापान पुगेका बाग्लुङ्ग बलेयालीहरुको सस्था बलेवा सेवा समाज जापानले त्यहाँ बसोबास गर्ने बलेवालीको डाटा संकलन गर्ने भएको छ ।

बलेवा सेवा समाज जापानको पाँचौ कार्यकालको पहिलो बैठक आज आइतवार टोकियोको कामतामा अवस्थित शिवशक्ति रेष्टुरेन्टको हलमा बसी नयाँ कार्यसमितीलाई तीन जना संरक्षक महेन्द्र पिसी,सेबक पिसी र राजु केसीको उपस्थितिमा शपथ खुवाउने र प्रमाणपत्र बितरण गर्ने कार्यसमेत सम्पन्न भएको छ ।

बैठकले केहि आचारसंहिताहरु लागु गर्नुका साथै महिला प्रतिनिधिको रुपमा महिला उपाध्यक्ष पद सिता शर्मा,प्रवक्तामा हरी रेग्मी र सल्लाहकारमा सुरेन्द्र प्रेम अनि सूर्य लामिछाने लाई मनोनित गरेको छ । त्यस्तै सचिव अर्जुन लामिछानेको संयोजकमा ४ जना को उपसमिति बनाई जापानमा भएका बलेवालीहरूको डाटा केहि महिना भित्र संकलन गर्ने निर्णय गरेको छ।

गम्भीर रोग लागी उपचार गरीरहनु भएका कलाकार सिपी पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाज र कार्यसमिति का पदाधिकारीवाट करिव ४० हज़ार रक़म सहयोग गर्ने निर्णय भएको छ। त्यसैगरी बलेवा पैयुपाटा-८मा मूर्ति निर्माण गर्न लागीएको मन्दिरको मूर्ति निर्माणको लागी कार्यसमितिबाट रक़म उठाईएको छ ।

महासचिव टिकाराम रिजाल बिमलले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष राज पौडेलले आगामी कार्ययोजना प्रस्तुत गरि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend