logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

    तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

    1.7K
    Shares
    तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

    काठमाडौं । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

    हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।

    तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताइन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भने, ‘वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ ।’

    जनप्रतिनिधिहरुले वृक्षारोपण गर्ने उद्देश्यले फलफूलसहितका पाचँ हजार बिरुवा ल्याइसकेको र ११ वटै वडामा वृक्षारोपण गरिने उनको भनाइ छ । विरुवाका लागि काठमाडौँ जिल्ला सम्वन्य समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो ।

    आजको वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति थियो ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend