logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसद मिश्रको प्रश्न: ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन ?

    सांसद मिश्रको प्रश्न: ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन ?

    1.2K
    Shares
    सांसद मिश्रको प्रश्न: ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन ?

    काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।

    मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्नेकुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरुलाई कारबाही गर्न आग्रह गरे ।

    उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेकेको मलाई थाहा छैन ।’

    राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरुले रोपाईं गर्न नसकेकोप्रति सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend