काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । उनले अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाए ।
उनले भने, ‘चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु आज उनीहरु आफूले उत्पादन गरेका बिजुलीहरु नेपालका लागि उत्पादन गरिएको बिजुलीको सुनिश्चितता नभएपछि, आफ्नो लगानीको सुनिश्चितता नभएपछि उहाँहरु फर्किने कुरा गरिरहनुभएको छ । कतिपय आयोजनाहरु फर्काइसक्नुभएको छ । कतिपय फर्किने चरणमा हुनुहुन्छ । यस्तो खालको राष्ट्रघात अहिलेको सरकारको प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले गठबन्धनका दलले राष्ट्रघात किन गरेको हो ? हामी चिन्तित छौँ ।’
राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए ।