logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विराटनगरमा साइकल यात्रीमाथि अमानवीय कुटपिट गर्ने एक जना पक्राउ, दुई फरारको खोजी हुँदै

    विराटनगरमा साइकल यात्रीमाथि अमानवीय कुटपिट गर्ने एक जना पक्राउ, दुई फरारको खोजी हुँदै

    5.3K
    Shares
    विराटनगरमा साइकल यात्रीमाथि अमानवीय कुटपिट गर्ने एक जना पक्राउ, दुई फरारको खोजी हुँदै

    विराटनगर । विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उक्त घटनामा संलग्न अन्य २ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

    यहीं असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक गरिएको थियो ।

    साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरि ज्यान मार्ने उद्योगमा म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

    फरार भएका कुशल र रोशनको खोजतलासी जिल्ला प्रहरी कार्यालय मोरङबाट भइरहेको समेत नेपाल प्रहरी स्पष्ट गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend