बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सहकारीको ऋण नतिर्नेलाई चापाकोट नगरपालिकाको सेवा सुविधामा रोक्का गरिने

सहकारीको ऋण नतिर्नेलाई चापाकोट नगरपालिकाको सेवा सुविधामा रोक्का गरिने

सुनिल न्यौपाने,स्याङ्जा । सहकारी संस्थाहरुबाट ऋण लिएर निर्धारित समयभित्रै साँवा व्याज नतिर्ने ऋणीलाई चापाकोट नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाइने भएको छ ।

चापाकोट नगरपालिका सहकारी शाखाले विज्ञप्ती जारी गर्दै ऋण चुक्ता नगर्ने ऋणीलाई चापाकोट नगरपालिकाको सेवा सुविधामा रोक्का गरिने र ऋण तिर्न नपर्ने भन्ने हल्ला चलाउनेलाई कठोर कानुनी कारवाही गरिने जनाएको छ ।

‘हाल यदाकदा समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु देखिएका छन् । कोहि कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न चापाकोट नगरपालिकाबाट हदै सम्म कठोर कानुनी कारवाही गरिने कुरामा स्पष्ट पार्न चाहन्छ । यसर्थ चापाकोट नगरपालिका नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानीका लागि चापाकोट नगरपालिका हार्दिक अनुरोध गर्दछ । निर्देशन विपरित कार्य गरेमा चापाकोट नगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० वमोजिम जायजेथाबाट असुलीका लागि प्रकृया अगाडि बढाउनुका साथै चापाकोट नगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’ चापाकोट नगरपालिका सहकारी शाखा प्रमुख दिपक खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend