काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना पारी ६ जना यात्रुको मृत्यु भएको छ ।
कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको पुष्टि गरे ।
काठमाडौँका लागि बिहान १० बजेर १३ मिनेटमा उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ ।
क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको हो ।