logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ललिता निवासको जग्गा हडपेको प्रकरणमा मापलोतका थप दुई पूर्वकर्मचारी पक्राउ

    ललिता निवासको जग्गा हडपेको प्रकरणमा मापलोतका थप दुई पूर्वकर्मचारी पक्राउ

    2.6K
    Shares
    ललिता निवासको जग्गा हडपेको प्रकरणमा मापलोतका थप दुई पूर्वकर्मचारी पक्राउ

    काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलवार थप दुई जना पक्राउ परेका छन् ।

    सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनीहरूमाथि मन्त्रिपरिषद्‌को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप रहेको छ । त्यो फाइल तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा समक्ष पेश भएको पाइएको प्रहरीले बताएको छ ।

    यसअघि आइतवार सीआईबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।

    किर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा अनियमितता गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् । प्रहरीले अहिलेसम्म १४ जनालाई हिरासतमा लिइसकेको छ ।

    विसं २०४९ देखि २०६९ सम्म सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको भेटिएको थियो । सीआईबीले सोही प्रकरणमा अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend