काठमाडौं । स्कुलमा बालबालिका लिन जाने महिलाहरुको घाँटीमा लगाइएका सिक्री लुट्ने लुटेराहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्मकै अवधिमा चार लुटपाटका घटना भएका छन् । ललिपुर प्रहरीले दिएको जानकारी अनुसार १७ असार अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुट्ने प्रयास गरिएको थियो। सोही दिन पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको पनि लुटपाट गर्न खोजिएको थियो ।
यस्तै, १८ गते वडा नम्बर ११ बस्ने ममता महर्जन को सुनको सिक्री लुटपाटको कोशिस गरियो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर–४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटियो ।
सबै घटनामा सिक्री लुट्ने वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन रहेका प्रहरीले बताएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ गरिएका उनले दुई जनाको सहायता लिएर लुटपाट वा प्रयास लिएका थिए ।
घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको अनुसन्धानक्रममा पाइएको प्रहरी रहेको छ ।
लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकलरस्कुलमा चढेर भाग्ने गरेको सीसीटीभी फुटेजमा हेर्दा देखिएका थिए ।
ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाहले घटनाबारे प्रष्टाउँदै भने, ‘बच्चालाई छोडेर प्रतिकार गर्न नसक्ने भएकाले स्कुलबाट बच्चा लिएर आउने महिलाहरुलाई टार्गेट गरेको देखिन्छ ।’ उनले भने ।