logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • अध्यागमन प्रणालीमा व्यापक सुधार गर्न सुरु भयो ‘नेपाली पोर्ट’

    अध्यागमन प्रणालीमा व्यापक सुधार गर्न सुरु भयो ‘नेपाली पोर्ट’

    2.2K
    Shares

    सुनौलो नेपाल
    नेपालको अध्यागमन प्रणालीलाई व्यापक सुधार गर्ने योजना सहित अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पोर्टको सुरुवात भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एक्सन रुमबाट स्विच थिचेर सोमबार उद्घाटन गरेसंगै नेपाली अध्यागमन सिस्टममा व्यापक समयानुकूल सुधारको संकेत देखापरेको छ ।

    नेपाली पोर्टलाई नेपाली विज्ञ र अध्यागमन विभागका प्राविधिकहरुले १ वर्ष लगाएर विकास थियो।यसले नेपाल आउने र विदेश जाने सबैको जाँचपड्ताल कम्प्युटर प्रणालीबाटै गर्नेछ। अब विदेश बाटआउने र जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक सूचना (औँठाछापलगायत) अध्यागमन प्रणालीमा सुरक्षित रहनेछ। नयाँ प्रणालीले कागजात र व्यक्तिको सही पहिचान हुने सरकारी भनाइ छ।

    नयाँ प्रणालीमा राहदानी विभागले जारी गर्ने राहदानी, वैदेशिक रोजगार विभागले दिने श्रमस्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर र इन्टरपोलसम्बद्ध सूचना सिस्टममै हुने र कम्प्युटरबाट सहजै हेर्न सकिन्छ। विदेशस्थित कूटनीतिक नियोगबाट समेत यही प्रणालीभित्र रहेर भिसा जारी गरिने बताइएको छ। योसँगै भिसा आवेदनमा लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने विदेशी नागरिक नेपाल बस्दा अनुगमन गर्न सकिने अध्यागमन विभागले जनाएको छ। त्यसका लागि ट्राकिङ गर्न छुट्टै मोडुलको विकास गरिएको छ। भिसा दस्तुर समेत अनलाइनबाटै तिर्न सकिने गरी अनलाइन पेमेन्ट विकास गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend