बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सीता दाहालको आजै दिउँसो २ बजे पशुपतिमा अन्त्येष्टि गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी केन्द्रीय कार्यालयमा

सीता दाहालको आजै दिउँसो २ बजे पशुपतिमा अन्त्येष्टि गरिने, अन्तिम श्रद्धाञ्जली पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिए ।

आज बिहान ८ः३३ बजे सीताको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend