सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

प्रचण्ड पत्नी सीता दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित

प्रचण्ड पत्नी सीता दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित

काठमाडौं । चार राजनीतिक दल सम्मेलित समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि बैठक अनिश्चित हुन पुगेको हो ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल सम्मेलित समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने गरि निर्धारण गरिएको थियो ।

मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत बनाएको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो भने मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति कायम गरिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend