बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सीता दाहाललाई पेरिसडाँडामा श्रद्धाञ्जली

मातृ वियोगमा भावविह्वल दुई छोरी, प्रचण्डको आँखामा थामिएन आँसु

मातृ वियोगमा भावविह्वल दुई छोरी, प्रचण्डको आँखामा थामिएन आँसु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

आज (बुधबार) विहान ८ः ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत अवस्थामा उनको निधन भएको हो । दिवंगत सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उनको पार्थिव शरीर राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रले जनाएको छ ।

सीता पार्टीको सल्लाहकारसमेत थिइन्। उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र ह्दयघातका कारण छोरा प्रकाशको निधन भएको थियो ।

प्रचण्डका दुई छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि अहिलेसँगै रहेका छन् । मात्रृ वियोगमा उनीहरु भावविह्वल भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend