काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।
बुधवार मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले जानकारी दिए ।
कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा ६९ वर्षीया दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गरिने बताइएको छ ।