ललितपुर । १६ वर्षीया किशोरीलाई घरमा थुनेर राखेको अभियोगमा एक युवकलाई पक्राउ गरिएका छन्। शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई हिजो(मंगलबार) दिउँसो पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले असार २२ गते वेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका–६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ अनुसन्धान गरी सुमनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।