सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली दिएका छन् । सीताको आज (बुधबार) बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

पूर्वराजाले सीता दाहालको निधनमा दुःख प्रकट गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

पूर्वराजाको तर्फबाट पेरिसडाँडामा पुगेर महर्जनले सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् ।

दिवंगत सीता दाहालको पार्थिव शरीर बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend