logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ललितानिवास जग्गा हिनामिना प्रकरणः समरजंग कम्पनीका सहलेखापाल पक्राउ

    ललितानिवास जग्गा हिनामिना प्रकरणः समरजंग कम्पनीका सहलेखापाल पक्राउ

    1.4K
    Shares
    ललितानिवास जग्गा हिनामिना प्रकरणः समरजंग कम्पनीका सहलेखापाल पक्राउ

    काठमाडौं । प्रहरीले ललितानिवास जग्गा अनियमितता प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

    ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    ललितानिवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता श्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर हिनामिना गरेको प्रहरीको दाबी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend