सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

बुटवल । गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मुसिकोट नगरपालिका– १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जानकारी दिए ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा उनी घाइते भएकी थिइन्।

घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्र लगिएको र उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend