काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छिन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गरेकी हुन् ।
उनले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’