logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने: एमसीसी छिट्टै पारित हुन्छ

    प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने: एमसीसी छिट्टै पारित हुन्छ

    1.8K
    Shares

    माघ १५ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा ओलीले एमसीसी संसद्बाट पारित हुने बताएका छन् ।

    बिगतका ६, ७ जना प्रधानमन्त्रीदेखि पार हुँदै आएको एमसीसी यहि अधिवेशनबाट पारित गर्नुपर्ने उनको धारणा थियो। उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए।

    ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए। नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई तथा कार्यकाल सफलताको सुभकामना व्यक्त गरे।

    ओलीले संसद्लाई मर्यादित ढंगले चलाउन सभामुख सापकोटालाई सुझाव दिए । स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएकोले सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend