logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

    राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

    980
    Shares
    राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ।

    शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा.प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

    पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल गरिएको थियो । पारितसँगै सो विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend