logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

    लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

    973
    Shares
    लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

    एजेन्सी । लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।

    युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, ‘पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।’

    संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन् ।

    लेबनानको दक्षिणी सीमावर्ती शहर यारिनको बाहिरी इलाकामा एक ‘वाच टावर’ स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनाशरा समाचार संस्थाले जनाएको छ ।

    त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीहरूसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गरे ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend