logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लम्पी स्किनबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख घिमिरेको रुलिङ

    लम्पी स्किनबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख घिमिरेको रुलिङ

    1.1K
    Shares
    लम्पी स्किनबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख घिमिरेको रुलिङ

    काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि गरिएका अहिलेसम्मका कामकारबाहीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश जारी गरेका हुन् ।

    सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने, ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’

    शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको बताउँदै भनेका छन्– ‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।’ उनले भने ।

    नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको भन्दै उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend