logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले अनुसन्धान प्रक्रियामा हस्तक्षेप गर्दैन, दोषी ठहरिए कानूनी कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    सरकारले अनुसन्धान प्रक्रियामा हस्तक्षेप गर्दैन, दोषी ठहरिए कानूनी कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    847
    Shares
    सरकारले अनुसन्धान प्रक्रियामा हस्तक्षेप गर्दैन, दोषी ठहरिए कानूनी कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    चितवन । सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धान प्रक्रियमा आफुले हस्तक्षेप नगरेको बताएका छन् ।

    तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले यसमा प्रहरीलाई कुनै प्रकारको दबाब नदिएको बताएका हुन् ।

    चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’ उनले भने ।

    कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभएर तथ्य र प्रमाणका आधारमा दोषीलाई समातिने बताए । अनुसन्धानका दौरान ढिलोचाँडो हुनसक्ने उल्लेख गर्दै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको कार्य नरोकिएको बताए ।

    यसकासाथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको स्पष्ट गरेका छन् । उनले अहिले संसद पनि खुलिसकेको उल्लेख गर्दै सम्बन्धित विधेयकलाई चाँडै पारित गरेर कामलाई प्रभावकारी बनाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend