logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

    भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

    2.4K
    Shares
    भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

    एजेन्सी । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

    यातायात मन्त्री एसईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

    ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

    विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend